×

एमालेको दुई तिहाइ होइन, दुई तीन सिटचाहिँ आउछ : झलनाथ खनाल

images

काठमाडौं- नेकपा एकीकृत समाजावादीका नेता' झलनाथ खनालले अब केपी ओली नेतृत्वको नेकपा एमालेले  दुई तीन सिट ल्याउने बताएका छन्। नेकपा एस निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले दुई तिहाइ सिट होइन दुई तीन सिटचाहिँ ल्याउने बताएका हुन।

 बैठकलाई सम्बोधन गर्दै खनालले भने- 'अब केपी ओली ओलीले ल्याउने भनेको दुई तिहाइ होइन, त्यसको उल्टो दुई तीनवटा चाहिँ ल्याउन सक्छन्। त्यहाँभन्दा बढी ल्याउन सक्ने मैले देखेको छैन।'एमालेहरुले अहिले देशभरी आफूहरु पूरानै एमाले भएका भनेर भ्रम छरिरहेको बताए ।

खनालले भने– त्यो गुटले देशभरी भ्रम छरिरहेको छ, एमाले भनेर । त्यो एमाले त नेकपा एकीकरणसँगै विघटन भइसकेको हो । यो त सर्वोच्च अदालतको उत्प्रेषणको आदेशबाट जन्मिएको गुट हो । तर त्यसभित्र हामीले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु त्यहाँभित्र हुनुहुन्छ । उहाँहरु भ्रममुक्त भएर आउनुपर्छ ।

उनले दुई तिहाइ कहिलेकाहीँ मात्रै प्राप्त हुने उपलब्धि भएको बताए। संसद्‌मा नेकपाको दुई तिहाइ रहेको बेलामा धेरै काम गर्न सक्ने अपूर्व अवसर भए पनि ओलीले अवसर अनुसार काम नगरेको उनको भनाइ  छ।

शनिबार १२ चैत २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया