×

अर्थतन्त्र जोगाउन रेमिटेन्समै भर पर्ने प्रवृत्ति घातक-- डाक्टर कोइराला

images


काठमाडौं । नेपाली काँग्रेसका सांसद डाक्टर शेखर कोइरालाले मुलुकको अर्थतन्त्र विकासका लागि रेमिटेन्समै भर पर्ने नीति सुर्धानु पर्ने बताएका छन् । 
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको अर्थतन्त्रलाई लामो समयसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव नभएको बताएका हुन् । 
अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा मात्र भएको भन्दै भएको उनले, अब वैकल्पिक राय र राजस्व क्षेत्रको खोजी हुनु पर्नेमा जोड दिए ।
उनले भने ‘हामी सबैलाई थाहा छ । अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रा मात्र भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन श्रीलंका र पाकिस्तानको जस्तो सङ्कटतर्फ जान पनि रोकेको छ ।देशको अर्थतन्त्रलाई चिर कालसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव छैन भन्ने शिक्षा लिएर वैकल्पिक राय र राजस्व क्षेत्रहरूलाई खोज्नुपर्छ ।’
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती थपिएकाले देशको अर्थतन्त्र निराशाजनक रहेको बताए । 
संसद्, सरकार र प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाई छ । 

आइतबार​ १२ चैत २०७९ ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया