काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैकठमा सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमन, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक प्रतिवेदन लगायतका विषय पेश हुने कार्यसूचि रहेको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट राप्रपा सरकाराबाट बहिरिएको
सम्वन्धमा प्राप्त पत्र जानकारीका लागि पेश हुनेछ । राष्ट्रपतिको उम्मेदवारी दर्तासँगै शनिवार राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझएका थिए ।
त्यस्तै, दोस्रो कार्यसूचीमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले प्रतिवेदन पेस गर्नेछिन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने तेस्रो कार्यसूची पनि रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
प्रतिक्रिया