काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औँ सत्रमा नेपालको सहभागिता अति महत्वपूर्ण रहेको बताएकी छन्।
परिषद्मा सहभागिता जनाउन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नु अघि आज आयोजित पत्रकार सम्मेलनमा उनले, परराष्ट्र मन्त्रालयले नेपालको मानवअधिकारको अवस्थाबारे जानकारी गराउन यो महत्वपूर्ण अवसर भएको र त्यसलाई भरपुर सदुपयोग गर्न पूर्ण तयारी गरिएको जानकारी दिइन् ।
उनले भनिनर्् मानव अधिकार काउन्सिलमा हाम्रो सहभागिता धेरै महत्वपूर्ण छ । काउन्सिलको परिषद्को सदस्य टुङ्गिदै छ त्यसकारण हाम्रो सहभागिता र हामीले यो क्षेत्रमा गरेको प्रगतिहरु, केही राम्रा अभ्यासहरु दर्शाउनु पर्ने काम महत्वपूर्ण छ।’
उनले मानव अधिकारमा नेपाललाई राम्रो देशको रुपमा चिनिने भएकाले अझै राम्रो बनाउनका लागि पनि नेपालको सहभागिता महत्वपूर्ण रहेको बताइन् । त्यस्ते दुईपक्षीय तथा बहुपक्षीय सम्बन्धहरु सुदृढ गर्ने मौकाका रुपमा यो भ्रमणलाई सदुपयोग गर्ने उनको भनाई छ ।
प्रतिक्रिया