काठमाडौं । क्रिकेटर सन्दीपको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदन हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा जारी सुनुवाई नसकिएपछि सुनुवाइले भोली सोमबार पनि निरन्तरता पाउने भएको हो । आइतबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस गरेका थिए ।
जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ भएको हो ।
यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो भने
सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो ।
उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ । सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ
।
प्रतिक्रिया