काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीपको आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ ।
उनलाई धरौटीमा छाड्न गरेको आदेश ठीक छ कि छैन भन्ने विषयमा केन्द्रित आज सुनुवाई हुन लागेको हो । २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन् ।
आज सर्वाेच्चको सुनुवाइ उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ ।
यसैबीच सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वाेच्चले सुनुवाइ गर्दै छ । दुवै निवेदनलाई सँगै राखेर सर्वाेच्चले सुनुवाइ गर्ने भएको हो ।
सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने, सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जना लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मान मर्यादामा आँच पु¥याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया