काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जोसंग नी मिल्ने प्रवृती देखाएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले पदको लागि जता जो संग मिलेर भएपनि सत्तामा पुग्ने र आफ्नै स्वार्थ पुरा गर्ने कार्यहरु भईरहेको टिप्पणी गरे । उनले भर्ने एउटा प्रवृत्ति छ नि विरालो किन्नु पर्दैन दुध र भात कचौरामा दियो भने छिमेकीको विरालो आफ्नै भईहाल्छ । कस्ले कचौरामा
कति दुधभात दिन्छ त्यसअनुसार छिमेकीका घरतिर सर्ने त्यस प्रवृत्तिले सरकारमा हुनु र नेतृत्व गर्नु जारी छ । ’ओलीले प्रचण्डले आफूलाई झुक्याउन खोजेको बताए ।
उनले भने ‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो । मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ।’‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको ओलीको टिप्पणी छ।
अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै ओलीलेभने ‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि’ उनले भने, ‘म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’
प्रतिक्रिया