×

आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक फाईनलमा

images

आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईज तर्फ फाईनल प्रवेश गरेका छन् ।
आज भएको सेमिफाईनलमा प्रविन गुरुडको ३० अंक मद्धतले एचएचसीएलाई ७७–६५ अंकले पराजित गरेको हो । अव उपाधीका लागि ग्रिनल्याण्डले भ्याली पब्लिकको सामना गर्नेछ । भ्यालीले सुनिल पौडेलको ३७ अंकको मद्धतले गोल्डेन पिकलाई ८४–७६ अंकले पराजित पराजित गरेको हो ।
आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको सिनियर गल्र्स तर्फ भ्याली पब्लिक र सत्य साईले पनि फाईनलमा स्थान पक्का गरेको छ । भ्यालीले लोरिशा गौचनको २६ अंक मद्धतमा केभिकेएसएसलाई ४७–३७ अंकले पराजित गरेको हो । यस्तै सत्य साईले प्रिथिवीलाई २७–२४ अंकको झिनो अन्तरले पराजित गरेको हो । सत्य साईको जितमा श्रुती श्रेष्ठको १० अंकको योगदान रह्यो ।
जुनियर ब्वाईज तर्फ एन्जल्स हर्टले बिएनएलाई २२–१८ र गोल्डेन पिकले किङ्गडमलाई ४१–३७ अंकले पराजित गर्दै फाईनलमा स्थान बनाएका हुन् । एन्जल्सका सुमित भण्डारीले ८ र गोल्डेन पिकका अमन गुरुङ्गले १५ अंक जोडे ।
 

सोमबार ८ असोज २०८० १०:०२ AM मा प्रकाशित

प्रतिक्रिया