×

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक भोटो जात्रा अवलोकन

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले जाउलाखेलमा राष्ट्रपती भएपछी पहिलो पटक बिहीबार अपराह्न आयोजित भोटोजात्रामा सरिक भई भोटोजात्रा अवलोकन गरेका हुन् ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । त्यस क्रममा राष्ट्रपतिले जीवित देवी मानिने ललितपुरकी कुमारीको पनि दर्शन गरेका छन् ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।

बिहीबार ११ जेठ २०८० ०७:११ PM मा प्रकाशित

प्रतिक्रिया