लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा

    images


    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।

    च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
    बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।

    मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

    बिहीबार ११ जेठ २०८० ०६:०८ PM मा प्रकाशित

    प्रतिक्रिया