×

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ

images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार तीन सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

बिहीबार ११ जेठ २०८० ०२:१३ PM मा प्रकाशित

प्रतिक्रिया