×

नारायण नगरपालिकाको प्रमुखमा निर्मला खड्काको उम्मेदवारी 

images

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दैलेखको नारायण नगरपालिकाको प्रमुख पदमा निर्मला खड्का (थापा) उम्मेदवार हुनुभएको छ् । नेपाली काँग्रेसको तर्फबाट उहाँ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार हुनुभएको हो । 

करीब एक दशक भन्दा धेरै समय आफुले राजजितिक यात्रामा काम गरीसकेको खड्काको भनाई छ् । उहाँले काँग्रेस पार्टीप्रती सधै बफदार भएर लागीपरेकाले नगरपालिकाको प्रमुख जस्तो गरीमामय पदमा आफुलाई उम्मेदवार हुन पार्टीले बिश्वास गरेर टिकट दिएको उहाँले बताउनुभयो । 


 

सोमबार १२ बैशाख २०७९ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया