काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र निर्माणमा नेवारहरुको ठूलो योगदान रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रममा बोल्दै उनले नेवारहरुको संस्कृति र पहिचानलाई निरन्तरता दिने कुरालाई सम्मान गर्नुपर्ने बताए ।
‘राष्ट्र निर्माणमा नेवार र उनिहरुको पुर्खाले महत्वपूर्ण र ऐतिहासिक भूमिका खेलेको छ । नेवारहरु जहाँ जसरि बसेपनि नेवा संस्कृति र पहिचानलाई समुहिकतामा मनाउँदैं निरन्तरता दिने विषेशताको सम्मान गर्नुपर्छ । यसले नेपालको अरु समुदायलाई प्रेरणा दिने र विदेशमा नेपालको पहिचान, स्वाभिमान र गौरव स्थापित गर्ने गरेको छ ।’
आज चौथो विश्व नेवार दिवस विभिन्न कार्यक्रम गरि मनाईदैं छ । सम्मेलनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ लगायत अन्य नेताहरुको उपस्थिती थियो । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया