×

   मुलुक सुधारको सुरुवात निजी जीवनबाट हुन्छ- केपी ओली 

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुने बताएका छन् ।

  रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेसनमा अध्यक्ष ओलीले देशका लागि योगदान गर्न पहिलो चरणमा आफ्नो अवस्था सुधार गर्नु पर्ने बताए । उनले भने,‘मुलुक सुधारको सुरुवात निजी जीवन सुधारबाट हुन्छ । पहिलो चरणमा आफ्नो अवस्था सुधार हुनु प¥यो । त्यसले उसको परिवार सुधार गर्छ ।

परिवार सुधार भए गाउँ सुधार हुन्छ । गाउँ सुधार हुँदा  जिल्ला र जिल्ला सुधारबाट देश सुधार हुन्छ । म सुधार गर्दिन भनेर बस्दा आफैं सुधार हुदैँन । आफूले आफ्नो प्रवन्धन गर्न सके देशको आर्थिक उन्नती र गरीबि निवारणमा योगदान पुग्छ । आफ्ना लागि काम गरिएन भने देशका लागि छुट्टै काम हुँदैन ।’   

उनले पदको पछि लागेर देश सुधार नहुने बताए । समस्याको समाधान गर्ने नीति निर्माण गर्ने र कार्यन्वयन गर्न सक्ने नेतृत्व छान्न सक्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । 

 

शनिबार ११ चैत २०७९ ०३:४३ PM मा प्रकाशित

प्रतिक्रिया