×

सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास हुने, गठबन्धन पनि जोगिने

images

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अनुमोदन पनि गर्न दिने बाटो रोजेका छन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् र अब उनीहरुले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा अनुमोदनका लागि सहज वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरुले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

‘अहिले गठबन्धन जोगाउनैपर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो,’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’

प्रतिनिधिसभा बैठक आउँदो १५ गतेका लागि बोलाइएको छ ।

शुक्रबार​ १३ फागुन २०७८ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया