×

रुसी आक्रमणमा एकैदिन १३७ युक्रेनी नागरिकको मृत्यु हुँदा ३१६ घाइते

images

काठमाडौं। रुसले बिहीबारदेखि थालेको आक्रमणमा हालसम्म १३७ युक्रेनी नागरिकको मृत्यु भएका छन् भने ३१६ घाइते भएका छन्।

एनबीसी न्युजका अनुसार आज युुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ४० युक्रेनी सेना पनि छन्।

पुटिनले पूर्वी युक्रेनमा रहेका विद्रोही नियन्त्रित क्षेत्र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको घोषणा गर्दै औपचारिक रुपमै युक्रेनमा सैन्य कारवाही थाल्न आफ्ना सेनालाई निर्देशन दिएपछि युक्रेनको राजधानीसम्मै आक्रमण भइरहेका हुन्।

उता युुक्रेनमाथि आक्रमण सुरु भएपछि विश्व समुदायले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्। रुसले तेस्रो पक्ष आन्तरिक मामिलामा हस्तक्षेप गर्न आइपुुगे उसलाई पनि आफूले नछाड्ने चेतावनी दिएको छ।

युक्रेनले १८ देखि ६० वर्षसम्मका नागरिकलाई देश छाड्न दिएको छैन। उनीहरुलाई हतियार उठाउन त्यहाँको सरकारले आह्वान गरेको छ।

सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।

 

शुक्रबार​ १३ फागुन २०७८ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया