×

जुवातास खेलिरहेका १२ जना पक्राउ

images

काठमाडाैं ।  ललितपुर महानगरपालिका-१२ टंगालबाट जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गीलगायत बिहीवार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त ग्यारेजभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ६५५ रूपैयाँ, कौडा २ सेट, पासा २ सेट र २ बुक ताससहित फेला पारी पक्राउ गरेको  हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार​ १३ फागुन २०७८ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया