×

म्याक्रोनको गाडी न्युयोर्क प्रहरीले रोक्यो, सिधै ट्रम्पलाई फोन गरेर के भने ?

images

काठमाडौँ । न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकार्डले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कारलाई रोकेको रोचक घटना सार्बजनिक भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाषण दिएपछि म्याक्रोन आराम गर्न फ्रान्सेली दूतावासतर्फ जाँदै थिए ।

जब म्याक्रोनको मोटरकार्ड रोकियो, उनी ओर्ले र एक प्रहरी अधिकारीलाई अवस्थाको बारेमा सोधपुछ गरे । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि उनले ट्रम्पलाई सडकबाटै फोन गरेर बाटो खाली गर्न भने । उनले फोनमा ट्रम्पलाई भने- 'छिटो बाटो खाली गर्नुहोस् ।'

प्रहरी अधिकारीले म्याक्रोनलाई भने- 'श्रीमान् राष्ट्रपति, मलाई माफ गर्नुहोस् । अहिले सबै कुरा अवरुद्ध छ ।' प्रहरीले ट्रम्पको मोटरकार्ड त्यहाँबाट गुज्रिरहेको कारणले बाटो अवरुद्ध भएको बताए । त्यसपछि म्याक्रोनले तुरुन्तै ट्रम्पलाई फोन गरे र हाँस्दै भने- 'तपाईंलाई कस्तो छ ? तपाईंलाई थाहा छ, म सडकमा अड्किएको छु किनभने तपाईंको लागि सबै कुरा बन्द छ । छिटो बाटो खाली गर्नुहोस् ।'

यो कुराकानी भइरहेको बेलासम्म, ट्रम्पको मोटरकार्ड गुज्रिसकेको थियो, र बाटो पैदल यात्रीहरूको लागि मात्र खुला थियो । यद्यपि, म्याक्रोन आफ्नो कारमा फर्किएनन् र ट्रम्पसँग कुरा गर्दै हिँडिरहे ।

म्याक्रोनले न्युयोर्कको सडकमा आधा घण्टा हिँडे, ट्रम्पसँग फोनमा कुरा गरे । यस क्रममा उनले बाटोमा मानिसहरूसँग फोटो पनि खिचाए । एक व्यक्तिले म्याक्रोनको निधारमा चुम्बन पनि गरे । यो शहरका बासिन्दाहरूका लागि अचम्मको घटना थियो, किनकि सामान्यतया कुनै पनि देशको राष्ट्रपतिसँगै कडा सुरक्षा हुन्छ । राष्ट्रपति म्याक्रोन संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन न्यूयोर्क पुगेका थिए । उनले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिए । यस क्रममा उनले फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिएको घोषणा गरेका थिए ।

बुधबार ८ असोज २०८२ १०:२० AM मा प्रकाशित

प्रतिक्रिया