×

शल्यक्रिया गर्दा दाँत झर्ने जोखिम किन हुन्छ ?

images

काठमाडौं । गत साउन ३१ गते, वीर अस्पतालमा एक जना महिलाको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा दाँत निकालिएको बारे समाचारहरू प्रकाशित भए। उक्त खबरबारे सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरूमा विभिन्न टिका टिप्पणी भइरहेका छन्।

केहीले चिकित्सकको लापरबाही भएको बताएका छन् भने कतिले अस्पताल प्रशासनलाई प्रश्न गरिरहेका छन्। स्वास्थ्यकर्मीहरूले भने शल्यक्रियाको क्रममा बिरामीलाई बेहोस बनाउँदा इन्ट्यूबेशन अर्थात् श्वासनलीमा पाइप राखिने प्रक्रियामा हल्लिएका वा कमजोर भएका दाँत भाँच्चिन वा झर्न सक्ने बताएका छन्। यसबारे शल्यक्रिया अघि बिरामीका आफन्तलाई जानकारी गराउने गरेको उनीहरूको दाबी छ।

वीर अस्पतालका शल्य चिकित्सक इन्द्रकुमार झाले पनि शल्यक्रियाको क्रममा दाँतमा असर पर्नुलाई अपेक्षित जटिलताको रूपमा व्याख्या गरेका छन्। उनले बीबीसीसँगको कुराकानीमा 'मानिसको शरीरमा धेरै किसिमको शल्यक्रिया गर्नु पर्ने हुन्छ र शरीरको प्रकार र शल्यक्रियाको प्रकृति अनुरूप फरक फरक जटिलताहरू देखिन सक्ने' बताएका हुन्।

'श्वासनलीमा पाइप राखेर कृत्रिम ढङ्गमा सास फेराउनु पर्छ। प्राय बिरामीको मुख वा घाँटीको बनावट सानो हुँदा पाइप राख्नै अप्ठ्यारो हुन्छ तर राख्नै पर्ने भएकाले कतिपय अवस्थामा कमजोर भएका दाँतहरू झर्न सक्छन्।' 

बुधबार ८ भदौ २०७९ ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया