काठमाडौं। नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को नयाँ
राष्ट्रिय किर्तिमान राखेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।
आज भएको २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।
यस अघि नासिरको नाममा १ मिनट ५८.२३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो । नासिरले उक्त किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।
नासिरले हिजो भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।
आजै भएको महिला तर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले उपलब्धी हासिल गर्न सकिनन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पुरा गरिन् भोली ९ गते डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् । बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्र्ड एक्वाटिक्सको नामाकरण गरेको छ ।
प्रतिक्रिया