×

अर्थतन्त्रमा समस्या छ, लेखा परीक्षकहरुले डिजिटल कारोबारको अध्ययन गर्नुपर्छ : मन्त्री शर्मा

images

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताउनु भएको हो । उहाँले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताउनु भयो । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताउनु भयो । उहाँले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको पनि बताउनु भयो । उहाँले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गर्नुभयो । मन्त्री शर्माले विभिन्न निकायहरुले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताउनु भयो । उहाँले सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गर्नुभयो ।

यस्तै, अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताउनु भयो ।

शुक्रबार​ १० असार २०७९ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया