×

वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने गगन थापाको संकेत

images

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने संकेत गरेका छन्। आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने बताएका हुन्।

‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो’, उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’ थापाले थपे, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छाड्दिनँ भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने? ।’

कांग्रेस नेता थापाको यस्तो अभिव्यक्ति त्यसबेला आएको छ, जतिबेला नयाँ गठबन्धन निर्माणका लागि एमाले र कांग्रेसका दोस्रो तहका नेता संवादमा छन् भन्ने चर्चा भइरहेको छ।

शनिबार ९ असार २०८० ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया