×

नेपाल बड्ही समाजमा  धनराज शर्मा

images


काठमाडौं।  नेपाल बड्ही समाज सप्तरीको चौथो अधिवेशनले धनराज शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा बलराम शर्मा, सचिवमा धर्मदेव शर्मा, सह–सचिवमा श्याम कुमारी शर्मा र कोषाध्यक्षमा मुख्खालाल बडही रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा नारायण शर्मा, बसन्त कुमार शर्मा, नरेश शर्मा, राजकुमार शर्मा, तेजनारायण शर्मा, श्याम सुन्दर शर्मा र अम्बिका कुमारी शर्मा चयन हुनु भएको छ 

कार्यसमिति गठन अघि नेपाल बड्ही समाजका केन्द्रीय अध्यक्ष योगेन्द्रप्रसाद शर्माले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । शुभकामना मन्तव्यका क्रममा अध्यक्ष शर्माले रचनात्मक, सृजनात्मक कामहरु गरी समाजलाई योगदान दिनुपर्ने बताउनु भयो । 
जिल्ला समन्वय समिति, सप्तरीको सभाकक्षमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथी अध्यक्ष शर्माले बडही शर्मा जातिको छाता सँगठनको रुपमा मानिएको बहडी समाजको  नियमित सक्रियताको आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथी इन्सेक प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ सल्लाहकार मनोहर पोखरेलले समुदाय र समाजको उत्थानको लागि कामहरुको प्राथमिकता किटान गर्दै समयसमयमा अन्तरक्रिया, छलफल, गोष्ठि, तालिम, सृजनात्मक कामहरु गर्न र फर्निचर उद्योग तथा कार्यलाई आधुनिकीकरण गर्दै जानुपर्ने बताउनु भयो ।
समाजका केन्द्रीय उपाध्यक्ष हरीनारायण शर्माले बडही समाज एकताबद्ध हुनुपर्ने, पालिका र वडासम्मको समिति गठन गरी प्रभावकारी रुपमा अघि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार देबनारायण सुतिहार, नेपाल बडही युवा समाजका केन्द्री अध्यक्ष रामनारायण शर्मा, नेपाल बडही समाज सुनसरीका अध्यक्ष नन्दकिशोर शर्मा, मोरङ्गका अध्यक्ष संजय शर्मालगायतले् शुभकामना व्यक्त गर्नुभयो ।

बडही समाज सप्तरी अधिवेशन आयोजक समितिका संयोजक धनराज शर्माको अध्यक्षता एवम् स्वागतमा भएको समारोहको सञ्चालन संजय शर्माले गर्नुभएको थियो । 
 

बुधबार १० जेठ २०८० १०:०९ AM मा प्रकाशित

प्रतिक्रिया