×

महानगर र भक्तपुरमा आयोगले गठबन्धनलाई फाइदा दिन खोजेको भन्दै एमालेको विरोध

images

नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकामा मतपत्र छपाउँदा उम्मेदवारी नपरेको पदमा दलको चुनाव चिह्न नराख्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएको छ । सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी आयोगले यस्तो निर्णय गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै आपत्ति जनाएको हो ।

चुनाव सुरु भइसकेपछि चुनावको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने काम आयोगबाट हुने छैन भन्ने एमाले विश्वस्त रहेको पत्रमा उल्लेख छ । स्वतन्त्र र निष्पक्ष चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगले कसैको दबाब/प्रभावमा नपरि मतपत्र छपाइमा देशभरि जुन तरिका अपनाइएको हो, त्यसैअनुसार व्यवस्था मिलाउन अनुरोध पनि गरेको छ ।

निर्वाचन आयोगले भने ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा पालिकका मतपत्रमा उम्मेदवारी नपरेको ठाउँमा दलको चुनाव चिह्न नराख्ने निर्णय एक महिनाअघिकै भएको जनाइसकेकाे छ । 

 

आइतबार​ ११ बैशाख २०७९ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया