×

राजस्व छलेको आरोपमा ५ जनाविरुद्ध ३६ करोड रुपैयाँ जरिबानाको मागसहित मुद्दा दायर

images

राजस्व अनुसन्धान विभागले १८ करोड पाँच लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छलेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

विभिन्न झुटा बिलविजक मार्फत राजस्व छलेको आरोपमा विभागले पाँच जनाविरुद्ध बिगोको दोब्बरले हुने रकम ३६ करोड ११ लाख ३७ हजार रुपैयाँ जरिबाना सजायको माग राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

काठमाण्डौ बाफलको शुभलक्ष्मी इन्टरनेशनलका सञ्चालक मनिषकुमार अग्रवाल, एचबी ट्रेड सप्लायर्सका हितेषकुमार अग्रवाल र विमल अग्रवाल, सीतापाइलाको एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन र गणपति ट्रेड लिङ्कका सञ्चालक दीपेन्द्रकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूले कर छल्ने उद्देश्यले जालसाजीयुक्त, नक्कली तथा झुटा भ्याट बिल खरिद गरेर सरकारलाई नोक्सानी पुर्‍याएकाे राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरले जनाएको छ । 

आइतबार​ ११ बैशाख २०७९ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया