×

जसपाकाे घाेषणापत्र : पालिकाको वरिपरि 'रिङ–रोड' बनाउने

images

 यही वैशाख ३० गते हुने पालिका चुनावका लागि जनता समाजवादी पार्टी ९जसपा० नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, नेताहरू महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । 

जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड बनाउने, पालिका र वडा जोड्ने सडक बनाउने उल्लेख गरिएको छ । पालिकामा महत्त्वपूर्ण योजना बनाउँदा सर्वदलीय सहमति गरेर अगाडि बढ्ने बताइएको छ । खानेपानीलाई दुई सय युनिटसम्मको शुल्क मिनाहा गर्ने, आधुनिक शौचालय बनाउन प्रत्येक परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने, ढलको व्यवस्थापन गर्न गुरुयोजना बनाएर काम गर्ने लगायतको योजना बनाइएको छ । 

त्यसैगरी जसपाले सुशासन र पारदर्शितालाई पालिकामा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ । पालिकाको सेवालाई अझ प्रभावकारी बनाउँदै गाडीको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पुर्‍याउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकासका काम प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने उल्लेख गरिएको छ । करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ । 

आइतबार​ ११ बैशाख २०७९ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया