×

राष्ट्रिय टेबुलटेनिस हुने

images

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।
    
आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता जनाउने छन् ।

र्वराष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा हुने प्रतियोगितामा जुनियर पुरुष एकल, जुनियर महिला एकल, क्याडेट पुरुष एकल, क्याडेट महिला एकल, पुरुष एकल ९१२ वर्ष मुनि०, महिला एकल ९१२ वर्ष मुनि०, पुरुष भेट्रान एकल ९४० वर्षमाथि०, पुरुष भेट्रान एकल ९५० वर्षमाथि० र पुरुष भेट्रान एकल ९६० वर्षमाथि० गरी नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । 

पुरुष÷महिला तथा क्याडेट पुरुष÷महिलातर्फको विजेताले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र सेमिफाइनलमा पुग्नेले रु पाँच हजार पाउने छन् । त्यसैगरी १२ वर्ष मुनि पुरुष एकल तथा महिला एकल विधा र भेट्रानतर्फको विजेताले रु १० हजार, दोस्रो हुनेले पाँच हजार र  सेमिफाइनलमा पुग्नेले रु दुई हजार ५०० पाउनेछन् । 
 

आइतबार​ ११ बैशाख २०७९ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया