×

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

images


काठमाडौँ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। 
नेपाली बजारमा शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार​ १० चैत २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया