×

गठबन्धनभित्र विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छः अध्यक्ष नेपाल

images

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनुभएको छ ।

images

तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ- अध्यक्ष  प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताउनुभएको छ । माडी नगरपा...

धनुषाको जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनमा रहेका दलबीच विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।” 

images

चुनावसम्म गठबन्धन कायम रहन्छ : कांग्रेस नेतृ डा देउवा

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताउनुभएको छ ।  उहाँले अहिल...

अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा हामी इमान्दार छौँ भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताउनुभयो । गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो ।

images

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।  नेपाली काङ्ग्र...

“गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन्”, अध्यक्ष नेपालले भन्नुभयो”, हरेक पार्टी आ–आफ्नो शक्ति र सामथ्र्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।” अध्यक्ष नेपालले आवश्यकता प¥यो भन्ने ‘विन विन’ का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार छौं भन्नुभयो । 

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताउनुभयो । आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उहाँले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गर्नुभयो ।

राजनीति व्यापक सम्भावनाको खेल हो, भोलि निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भन्नुभयो, “एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन ।” एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ, उहाँले बताउनुभयो । 

बिहीबार १० चैत २०७८ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया