×

पछिल्लो २४ घन्टामा  ३१८ संक्रमित १ को मृत्यु

images

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३१८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । सात हजार ७४३ वटा नमुनामा परीक्षण गर्दा ३२८ जना संक्रमित पहिचान भएका हुन् ।

त्यसैगरी, सोही अवधिमा थप ५६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या नौ हजार ६७८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा संक्रमणका कारण एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ । 

 

बिहीबार १२ फागुन २०७८ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया