×

केनको कीर्तिमान अनि लाम्पार्ड वर्खास्त

images


लन्डन । इंग्लिस प्रिमियर लिगबाट सोमबार दुई फरक समाचार आए । पहिलो थियो, इंग्लिस फरवार्ड ह्यारी केनको कीर्तिमान । दोस्रो, एभरटनद्वारा आफ्नो व्यवस्थापकको वर्खास्ती । केनले टोटनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । उनको निर्णायक गोलको मदतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–० ले हरायो ।
यो जितले टोटनहम शीर्ष चार स्थानबाट तीन अंकमा दूरीमा रह्यो । टोटनहम भने अहिले तत्काल पाँचौं स्थानमा रहेको छ । उसनको ३६ अंक भएको छ । उसनको अगाडि तेस्रोमा न्युकासल र चौथोमा म्यानचेस्टर युनाइटेडको समान ३९ अंक छ । केनले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे र यो टोटनहमका लागि उनको २ सय ६६ औं गोल रह्यो ।
उनले गोल कीर्तिमानमा दिवंगत भइसकेका जिम्मी ग्रेभ्सको बराबरी गरेका हुन् । केनले यो सिजन लिगमा १५ गोल गरिसकेका छन् । लिगमा भने उनको गोल संख्या १ सय ९९ पुगेको छ । अर्कोतर्फ खराव लयबाट गुज्रिरहेको एभरटनले फ्रायन्क लाम्पार्डसँग अलग हुने निर्णय गरेको हो । एभरटन १९ औं स्थानमा छ र उसको १५ अंक मात्र रहेको छ ।
गत सिजन पनि बल्लतल्ल रेलिगेसनबाट बचेको एभरटन अहिले झन नाजुक स्थितिमा छ । पछिल्लो खेलमा एभरटन वेस्ट ह्यामसँग २–० ले पराजित भएको थियो । मर्सिसाइड क्लब पछिल्ला २० खेलमध्ये तीनमा मात्र विजयी रहेको छ । उसको पछाडि १५ अंकमा साउथह्याम्पटन मात्र रहेको छ 

मङ्गलबार १० माघ २०७९ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया