×

त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित १ जना पक्राउ

images

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको छ ।

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।


विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।

प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

शुक्रबार​ ८ पुस २०७९ ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया