×

आयोजक ग्रिन्ल्याण्ड र प्रिथिवी क्वाटरफाईनलमा

images


आयोजक ग्रिन्ल्याण्ड र प्रिथिवी स्कुल १७ औं क्विक्स ग्रिन्ल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईज तर्फ क्वाटरफाईनल प्रवेश गरेका छन् ।
आज भएको प्रतियोगितामा आयोजक ग्रिन्ल्याण्डले प्रविन गुरुङ्गको २५ अंकको मद्धतले क्यानभास स्कुललाई ६० – ४५ अंकले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेको हो । यस्तै प्रिथिवीले एलएनएलाई ४३ – ३६ अंकले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको संयोजक पूर्ण न्यौपानेले जानकारी गराएका छन् । प्रिथिवीको जितमा कृष्ण गुरुङ्गको १२ अंकको योगदान रह्यो ।
यस्तै अन्य खेलमा एचएचसीएले स्कोलर्स होमलाई ४३–३३ अंकले पराजित ग¥यो । एचएचसीएका डेभिड राईले १३ अंक जोडे । गोल्डेन पिकले विजय तामाङ्गको २१ अंक मद्धतले इनसाईड स्कुललाई ६६–४६ अंकले पराजित गर्न सफल भयो ।
आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको गल्र्स तर्फ सत्यसाई स्कुलले बिएमसीए माथि २५–१५ को जित निकाल्यो । सत्यसाईका लागि रशी शाहले १३ अंकको योगदान गरिन् । यस्तै केभिकेएसएसले क्यानभास स्कुललाई सुष्माको ११ अंकको मद्धतले १९–१३ अंकको झिनो अन्तरले पराजित ग¥यो । अर्को खेलमा प्रिथिवीले रिब्स बी माथि २२–१६ अंकको जित हात पा¥यो । प्रिथिवीको जितामा वविता घिमिरेले ११ अंक जोडिन् ।
ब्वाईज जुनियर तर्फ गोल्डेन पिक र किङ्गडमले जित हात पारे । गोल्डेन पिकले विवेक कपालीको ७ अंक योगदानमा आयोजक ग्रिन्ल्याण्डलाई २९–१६ ले र किङ्गडमले लोप्साङ्ग लामाको ६ अंक मद्धतले हिमरश्मी स्कुललाई १८–१६ ले पराजित ग¥यो ।

शनिबार ६ असोज २०८० ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया