×

शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको घोर असन्तुष्टि

images


काठमाडौँ — शुक्रबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा राहत शिक्षकहरूले  घोर आपत्ति जनाउँदै काठमाडौंमा आफ्नो प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै शुक्रबारको सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने बताएको हो ।

समितिका तर्फबाट अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले विज्ञप्ति जारी गर्दै सम्पूर्ण राहत शिक्षकहरूलाई स्थायी व्यवस्थापनका लागि परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

उत्तीर्ण हुनेलाई शिक्षकमा नियुक्त गर्नुपर्ने र अनुत्तीर्ण हुनेलाई भरणपोषणसहित घर पठाइनुपर्ने उनीहरूको माग छ । शुक्रबारको ६ बुँदे सहमतिमा भने आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत स्थायी हुने उल्लेख छ । त्यस्तै सेवा प्रवेशको उमेरहद पनि ४० वर्ष तोक्ने र दुर्गम तथा महँगी भत्ता उपलब्ध गराउने उक्त सहमतिमा उल्लेख छ ।

शनिबार ६ असोज २०८० ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया