काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको भन्दै चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताए ।
उनले चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने विश्वास वयक्त गर्दै आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न सुझाव दिए ।
अध्यक्ष नेपालले पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गरेमा, पार्टीका विरुद्धमा लागेमा, जथाभावी बोलेमा र अनुशासन तोडेमा त्यसको प्रतिवाद हुने पनि उनले बताए ।
प्रतिक्रिया