काठमाडौं, ७ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै वर्तमान सरकारका कामकारबाहीले आम नागरिक र राजनीतिक वृत्तलाई अत्यन्तै सशंकित बनाएको बताएका छन्। बिहीबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै नेता नेपालले सरकारको बोली र व्यवहारका कारण देश ठूलो संकटतर्फ धकेलिने चिन्ता बढेको उल्लेख गरे।
सम्बोधनका क्रममा नेता नेपालले देशको सार्वभौमिकता र शान्तिपूर्ण वातावरणमाथि प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, "सगरमाथाको देश यो नेपाल, पर्यटकको गन्तव्यका रूपमा रहेको नेपाल शान्तिपूर्ण रूपमा रहिरहन सक्छ कि सक्दैन? विदेशीहरूको हालीमुहाली चल्ने त होइन? यसले नेपालीहरूलाई चिन्तित बनाएको छ।" उनले थप्दै वर्तमान सरकारको काम गर्ने शैली, बोली र व्यवहारले मानिसहरूमा संशय र डर मात्र पैदा गरिरहेको आरोप लगाए।
ढिरहेको बेला नेकपाले सजगता, तत्परता र विशेष पहलकदमी लिनुपर्ने आवश्यकता औंल्याए। नेपाली जनताको गौरवशाली इतिहासको स्मरण गराउँदै उनले प्रतिपक्षी र सचेत नागरिकहरू चुप लागेर नबस्ने चेतावनी दिए।
"हामी त्यत्तिकै तमासा हेरेर बस्न सक्दैनौं। नेपाली जनताले कहिल्यै पनि तमासा हेरेर बसेनन्। चुनौतीको सामना गरे र इतिहासको धारलाई परिवर्तन गरिदिए," नेता नेपालले भने।
कार्यक्रममा बोल्दै नेता नेपालले सरकारलाई आफ्नो गलत रवैया र 'तमासा' तत्काल बन्द गर्न समेत आग्रह गरे। उनले मिडिया हाउसहरू अगाडि सरकारी गाडी लगेर राखिने गरेको र सञ्चारमाध्यमलाई नियन्त्रणमा लिन खोजिएको तर्फ संकेत गर्दै सरकारलाई लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्न सचेत गराए।
राजनीतिक दलहरू र आम नागरिकमा सरकारका पछिल्ला कदमहरूका कारण असन्तुष्टि चुलिँदै गएको बताउँदै नेता नेपालले यदि सरकारले आफ्ना जनविरोधी नीतिहरू नसच्याएमा देशमा फेरि अर्को आन्दोलन र परिवर्तनको धार सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया