काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लाइन बस्ने कुरामा नागरिकको सबैभन्दा ठूलो आक्रोश रहेको बताएका छन् । आज (सोमबार) आयोजित ‘नेपालमा पर्यटनको सम्भावना बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स, राहदानीलगातका सेवाका लाइन हटाउनेतर्फ सोच्नुपर्ने बताएका हुन् ।
अहिलेका मान्छेहरुलाई सरकार जहाँ देख्यो त्यही रिस उठ्ने प्रवृत्ति देखिएको उनले बताए । अब आइटीको प्रयोग गरेर सकभर राज्यसँग नागरिकको फिजिकल भेट नहुने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो । स्टेटसँग जहाँ भेट हुनुपर्यो त्यहाँनिर रिस उठ्छ भने यसको सोलुसन के हो त भन्दा सकेसम्म स्टेटसँग भेट हुन नपर्ने बनाउने हो । यदि भइहाल्यो भने पनि फिजिकल भेट हुन नपर्ने बनाउने हो । फिजिकल्ली भेट हुन नपर्ने बनाउन सायद त्यसले स्टेटसम्मको विश्वास बढाउँदै लैजानुपर्ला ।’
प्रतिक्रिया