×

सहकारीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ

images

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारीलाई प्रहरीले  प्रक्राउ गरेको छ । 

पौडेल र अधिकारीलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

आइतबार​ ५ कात्तिक २०८० ०५:५८ PM मा प्रकाशित

प्रतिक्रिया