एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्री दौड अशोज १३ गते हुने भएको छ ।
चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रशकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियर तर्फ महिला तथा पुरुषको ५ कि.मी. गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्र्पा गराईने जानकारी गराईयो ।
शिर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै जुनियर ब्यक्तिगत तर्फ शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै सिनियर तर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने छ ।
यसैगरि प्रतियोगितामा सहभागी टिमले प्राप्त गरको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरि २९३ नगरपालिकाका करिव २० नगरपालिकाका ३०० खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने विश्वास गरिएको छ । प्रतियोगिताको खर्च करिव २० लाख लाग्ने अनुमान गरिएको छ ।
दौड चन्द्रगिरी नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुदै पुन नगरपालिको कार्यालयमा आएर सम्पन्न हुने छ ।
--
प्रतिक्रिया