कविर के.सी. र अभय महराको जोडी यु १७ तर्फ मालदिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधी माथलुबलाई २१–९, २१–७ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका छन् । यु १५ तर्फ सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलंकाका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेरा संग पराजित भएका छन् । महर्जन र श्रेष्ठको जोडी श्रीलंकन जोडी संग १३–२१, ११–२१ ले पराजित भएका हुन् ।
दिलासा र रेहाना फाईनलमा
ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाईनलमा प्रवेश गरेका छन् । राना र शेरचनको जोडीले यु १५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
अहिले सम्मको नतिजामा अन्य खेलाडीहरु सेमिफाईनलबाट अगाडी बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग ८–२१, ७–२१ ले पराजित भए । यस्तै पुरुष तर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भए ।
महिला यु १५ एकल तर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसंग ४–२१, १४–२१ ले पराजित भईन् । यसैगरि दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघे संग १५–२१, १५–२१ के समान अन्तरमा पराजित भईन् । पुरुष तर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसंग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।
यु १७ महिला तर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसंग १६–२१, २१–१८, १५–२१ ले पराजित भईन् ।
पुरुष तर्फ कविर के.सी. श्रीलंकाका थिदासा वेरागोडासंग १२–२१, १९–२१ ले पराजित भए ।
प्रतिक्रिया