×

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

images

काठमाडौँ / हेटौँडा

केन्द्रमा विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव बागमती प्रदेश सरकारमा पनि परेको छ। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक राजीनामा पत्र बुझाउँदैछन्।

संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा तयार पारिएको राजीनामा पत्रमा आजैका मितिदेखि पद त्याग गरेको उल्लेख छ। राजीनामा स्वीकृत गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन मन्त्रीहरूले आग्रह गरेका छन्।

एमालेले सरकारबाट बाहिरिएर समर्थन समेत फिर्ता लिने तयारी गरेपछि बानियाँ नेतृत्वको प्रदेश सरकारको बहुमत जोखिममा परेको छ भने नयाँ सरकार गठनको ढोका खुलेको छ।

बुधबार ६ साउन २०८३ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया