×

एसीसी यु-१६ क्रिकेट इस्ट कप-सिंगापुरमाथि नेपालको जित

images

काठमाडौं। एसीसी यु-१६ क्रिकेट इस्ट कपमा विजयी सुरुआत गरेको छ। आइतबार सिंगापुरलाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपाल यो प्रतियोगिताको डिफेण्डिङ ड्याम्पियन समेत हो ।

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए। रौनक श्रीवास्तवले ४० रन बनाए । सिंगापुरका युभान पाण्डेले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए। ओपनर आहान भुधानभाम ३८ रन बनाए ।

नेपालका कप्तान विपिन शर्माले सर्वाधिक ४ विकेट लिए। सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए। 

आइतबार​ ८ असार २०८२ ०१:१९ PM मा प्रकाशित

प्रतिक्रिया