×

काठमाडौंका १४ वडाको नतिजा सार्वजनिक

images

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिँदा नेकपा एमाले र नेपाली कांग्रेसका ७- ७ जना उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

अहिले सम्म काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भैसकेको छ । तिमध्य  वडा नं १,२,३,४,५,३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन्  भने  नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ ।  त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ । 

आइतबार​ ८ जेठ २०७९ ०४:२८ PM मा प्रकाशित

प्रतिक्रिया