×

ज्याकलिन फर्नान्डिज विरुद्ध दार्ता गरेको मानहानि मुद्दाको सुनुवाइ हुँदै

images

काठमाडौं ।  अभिनेत्री तथा मोडल नोरा फतेहीले डिसेम्बर २०२२ मा अभिनेत्री ज्याकलिन फर्नान्डिज विरुद्ध दार्ता गरेको मानहानि मुद्दाको सुनुवाइ सोमबार हुँदैछ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार नोराले ज्याकलिन विरुद्ध मानहानीको मुद्दा दार्ता गरेकी थिइन् । मे २२ मा दिल्लीको पटियाला हाउस अदालतमा यस विषयमा सुनुवाइ हुनेछ। नोराले ज्याकलिनले आफ्नो छवि बिगारेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् ।

यो सम्पूर्ण मुद्दा ठग सुकेश चन्द्रशेखरसँग सम्बन्धित छ । सुकेशविरुद्ध २०० करोडभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ, जसका कारण उनी अहिले जेलमा छन् । जब प्रवर्तन निर्देशनालय 9ईडी) ले यस केसको छानबिन गर्‍यो, त्यसमा ज्याकलिन र नोराको नाम पनि बाहिर आएको थियो।

उनीहरु दुवैलाई सुकेशबाट महँगो उपहार लिएको आरोप लागेको थियो । ज्याकलिनले भने नोराले सुकेशबाट महँगो उपहार लिएको र नोरा फँस्दै गर्दा ईडीले नोरालाई साक्षी बनाएर प्रस्तुत गरिदिएको उनको बचाउ गठरेको आरोप लगाएकी थिइन् ।

यी आरोपहरू लागेपछि लगत्तै नोराले ज्याकलिनसहित धेरै मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

नोराका अनुसार यो केसको मिडिया ट्रायलका कारण उनको प्रतिष्ठामा ठेस पुगेको र यसका लागि ज्याकलिन मात्र जिम्मेवार रहेको बताएकी थिइन् । अदालतमा पुनरावेदन गर्दै नोराले आफुमाथि यस्तो आरोप लगाउनेलाई कानुनबमोजिम कारबाही गर्न माग गरेकी थिइन् । एजेन्सी

सोमबार ८ जेठ २०८० ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया