काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराएको हो ।
मुम्बईसँग पराजित भएपछि दिल्ली प्ले अफमा पुग्न असफल भएको छ । दिल्लीले हारले रोयल च्यालेन्जर्स बैंगलोर प्ले अफमा पुगेको छ । अब पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।
दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईका इशान किशनले ४८ रन जोड्दा डेवाल्ड ब्रेभिसले ३७ रन जोडे । टिम डाभिडले ३४ रन बनाए । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो । दिल्लीका लागि रोभमान पावेलले ४३ रन जोडे । ऋषव पन्तले ३९ रन जोड्दा पृथ्वी शले २४ रन बनाए । यस जितसँगै मुम्बईले सिजनको सुखद अन्त्य गरेको छ । मुम्बई यस सिजन १४ खेलमा ८ अंक जोडेर पुछारमा रह्यो ।
प्रतिक्रिया