×

राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

images

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ । सरकारले अर्थशास्त्री डा रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सदस्य नियुक्त गरेको हो ।

पौडेल र विछाले शपथ ग्रहण गरेका छन् भने बुढाथोकी काठमाडौं बाहिर भएकाले सपथ ग्रहण बाँकी छ ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

शनिबार ९ बैशाख २०८० १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया