×

राष्ट्रपति चयनबारे अन्य दलहरूसँग परामर्श गर्ने एकीकृत समाजवादीको निर्णय

images


काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेद्वार र निर्वाचनबारे अन्य दलहरूसँग परामर्श गर्ने निर्णय गरेको छ । 

सचिवालय बैठकपछि  पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी प्रवक्ता जगत्राथ खतिवडाले पार्टीले अग्रगामी शक्तिहरूसँग छलफल जारी राख्ने र सहमतिमै राष्ट्रपतिका लागि अन्यदलसंग छलफल गर्ने निर्णय गरेको बताए ।

बैठकले जम्मा दुई वटा निर्णय गरेको छ ।  पहिलो निर्णय अग्रगमन शक्तिहरूसँग छलफल गर्ने र परामर्श गर्ने र दोश्रो निर्णय भनेको राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने नीति लिएको छ । सकेसम्म आम सहमतिमा चयन गरौँ निर्वाचन भन्दा पनि निर्विरोध बनाउनु पर्छ भत्रेमा छौं ।’

उनले राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गर्ने र एमालेसँग अहिले पार्टी एकता नहुने बताएका हुन् । 

बुधबार १० फागुन २०७९ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया