×

चार भारतीय नागरिकसहित ३२ थान मोबाइल बरामद

images


नेपालगञ्ज, ४ असोज : बाँकेको नेपालगञ्ज विमानस्थलबाट चार भारतीय नागरिकसहित ३२ थान मोबाइल प्रहरीले बरामद गरेको छ । 

    जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । 

    उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताउनुभयो ।
---

बिहीबार ४ असोज २०८० ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया