×

सेनेगलद्वारा ब्राजिल पराजित

images

काठमाडौं । फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ । बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४-२ गोल अन्तरले हराएको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे । खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा हिबाब डियालोले गोल गर्दै सेनेगललाई १-१ को बराबरीमा ल्याए । खेलको ५२ औं मिनेटमा ब्राजिलका मार्क्विन्होसले आत्मघाती गोल गर्दा सेनेगल २-१ ले अघि रह्यो ।

५५ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३-१ को अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई ४-२ को जित दिलाए । एजेन्सी

बुधबार ६ असार २०८० १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया