×

खेमनाथ दाहालको ‘अहोरात्र’ सार्वजनिक

images


काठमाडौं । साहित्यकार खेमनाथ दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ सार्वजनिक गरिएको छ ।

मिलाप मासिकद्वारा आयोजित कार्यक्रममा पूर्व राजदूत निरञ्जनमानसिंह बस्नेतलगायतले उक्त कृति सार्वजनिक गरे ।
कार्यक्रममा समीक्षकहरू डा. शान्तिमाया गिरी, ज्ञानु अधिकारी तथा सन्तोष श्रेष्ठले कृतिबारे बोलेका थिए । तिनले कृति बौद्धिक पाठकहरूको मागमा पर्ने बताएका थिए । यस कृतिमा दर्शन, अध्यात्म, जीवन अनि अमेरिकी र नेपाली समाज रहेको बताए ।

कृति सार्वजनिक समारोहमा खेमनाथ दाहाल, पुरुषोत्तम दाहाल, प्रमोद प्रधान, राधेश्याम लेकाली, श्रीओम रोदन, रामप्रसाद दाहाल, लय सङ्ग्रौला, ज्ञाननिष्ठ ज्ञवाली, डा. अर्जुनदेव भट्टलगायतले बोलेका थिए ।

आइतबार​ ७ जेठ २०८० ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया